+
+
Shares

रास्वपाको केन्द्रीय समिति आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १०:५५

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेबाट हिजो केन्द्रीय समितिको बैठक बस्नेछ । हिजोको बैठकमा ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आज पनि धारणा राख्नेक्रम जारी रहनेछ । त्यसपछि सम्बन्धित पादधिकारीले जवाफ दिनेछन् ।

प्रवक्ता झाका अनुसार लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ । त्यसपछि अरू तीन एजेन्डाहरूमा छलफल बाँकी रहेका छन् ।

विभिन्न सात एजेण्डा सहित रास्वपाको केन्द्रीय समितिको बैठक हिजोदेखि सुरु भएको हो । एजेण्डाहरूमा पार्टीको महाधिवेशन, परिवर्तित अवस्थामा, पार्टी संगठन एवं विभाग र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा छ ।

आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?