+
+
Shares

भक्तपुरको सल्लाघारी ल्याइयो भेँडा च्याङ्ग्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १२:२७

८ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व दशैँका लागि मुस्ताङबाट ल्याएका भेँडा-च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइपुर्‍याएको छ ।

भक्तपुरमा व्यापारीहरुले प्रतिकेजी १३ सय रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री गरिरहेका छन् ।

मुस्ताङबाट काठमाडौंसम्म ल्याउँदा विभिन्न स्थानमा स्थानीय निकायहरुले कर लिने गरेकाले पनि लागत बढ्दै गएको व्यापारी चित्र बहादुर सिलवालले बताए ।

सल्लाघारीमा रहेका भेँडा र च्याङ्ग्रालाई पशु चिकित्सकले चेकजाँच गरेपछि मात्रै बिक्री गर्ने गरिएको उनले बताए ।

पशु सेवा विभागले असोज ६ गतेदेखि १५ गतेसम्म सल्लाघारीमा नै पशुपन्छीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

खाद्य संस्थानले भने यस वर्ष खसी, बोका, च्याङ्ग्राको बिक्रीवितरण नगर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?