
८ असोज, काठमाडौं । स्थानीय बजारमा आलुको भाउमा उतारचढाव देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा बुधबार आलुको भाउमा उतारचढाव देखिएको हो ।
तथ्यांक अनुसार लोकल आलुको भाउ बढेको छ भने भारतीय आलुको भाउ घटेको छ ।
कालीमाटी बजारमा आज रातो आलुको भाउ थोकमा प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५३ र औसतमा ५१ रुपैयाँ कायम छ । हिजो मंगलबार रातो आलु प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै बजारमा आज बुधबार मुडेको आलु प्रतिकिलो न्यूनतम ४३ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच भइरहेको छ ।
भारतीय रातो आलु भने प्रतिकिलो न्यूनतम ३० देखि अधिकतम ३३ रुपैयाँमा किनबेच भइरहेको छ ।
जेठ तेस्रो साता भने आलु प्रतिकिलो न्यूनतम ३७ देखि अधिकतम ३९ रुपैयाँसम्ममा किनबेच भएको थियो ।
प्रतिक्रिया 4