+
+
Shares

मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १२:५९

८ असोज, जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

जनकपुरमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए ।

तर, फेरि कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा ३१ भदौमा बुझाइसकेको छ ।

तर मुख्यमन्त्री सिंहपछि कुरा फेरेर सदन फेस गर्ने अडानमा छन् ।

कांग्रेसले अहिलेसम्म समर्थन कायमै राखेको थियो भने एमालेले उनलाई विश्वासको मतसम्म दिने भनिसकेको छ।

‘कांग्रेसले जनमतको नेतृत्वमा सरकारलाई समर्थन दिएको थियो । जब जनमतले नै समर्थन फिर्ता लिइसकेपछि कुनै व्यक्तिलाई समर्थन दिइरहनुको औचित्य रहेन,’ दलका नेता यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?