+
+
Shares

कांग्रेस र एमाले मात्रै मिल्दा बन्दैन मधेश सरकार

यो सँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका सतिशकुमार सिंह अल्पमतमा परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
  • कांग्रेस संसदीय दलको बैठकले नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको कांग्रेस सांसद अन्जना पण्डितले बताइन्।
  • मधेश प्रदेश सरकारमा सबैभन्दा ठूलो दल नेकपा एमालेका २५ सांसद छन् भने कांग्रेसका २२ सांसद छन्, जसले सरकार बनाउन आवश्यक ५४ मत पुग्दैन।

८ असोज, काठमाडौं। नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेसकी सांसद अन्जना पण्डितले कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन लिएर नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको जानकारी दिइन् ।

यो सँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका सतिशकुमार सिंह अल्पमतमा परेका छन् ।

मधेश प्रदेश सरकारमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । एमालेका २५ जना सांसद् छन् ।

दोस्रो ठूलो दल कांग्रेसका २२ जना सांसद् रहेका छन् । यी दुई दल मात्रै मिल्दा मधेश प्रदेशमा सरकार बन्दैन ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ । कांग्रेस र एमाले मिल्दा ४७ मत पुग्छ ।

प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालका १९ जना, जनमत पार्टीका १३ जना छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माओवादी केन्द्रका ९/९ जना छन् ।

नेकपा एकिकृत समाजवादीका ७ जना छन् । नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?