
८ असोज, काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई १२ बुँदे सुझाव दिएको छ ।
अभियानका अध्यक्ष लवराज ओलीको नेतृत्वले बुधबार मन्त्री पुनलाई भेटेर सुभाव दिएको हो । शिक्षामा भइरहेको निजीकरण र व्यापारिकरणको अन्त्य गर्न मन्त्री पुनलाई अभियानले भनेको छ ।
बाल संरक्षण र सहभागिता, डिजिटल शिक्षामा पहुँच, नीति निर्माण प्रक्रियामा नागरिक समाजको सहभागिता, विद्यालय पूर्वाधारमा जोड दिन मन्त्री पुनलाई अभियानले सुझाव दिएको छ ।
शिक्षा मन्त्रालय र निकायहरूको जवाफदेहीता,स्थानीय तहसँग समन्वय विद्यालयको गुणस्तर सुधार, शैक्षिक क्यालेन्डर, शिक्षकको व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको अध्यक्ष ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4