
९ असोज, धनगढी । कैलालीमा एक जना सम्पर्कविहीन भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार राति धनगढीको बोराडाँडीका वीरेन्द्र चन्द सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धानका लागि उनीसँगै भएका तीनजनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले गोदावरीका विनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिइएको बताए ।
उनकाअनुसार चारै जना राति सँगै थिए तर चन्द उनीहरूसँगै भएका बेला सम्पर्कविहीन भएपछि अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको हो ।
चन्द घर नआएपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो ।
चन्दको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4