+
+
Shares

‘मिस युनिभर्स नेपाल’ सान्याको प्रतिबद्धता : अन्तर्राष्ट्रिय मञ्चमा बालश्रम अन्त्यको आवाज उठाउँछु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सान्या अधिकारीले मिस युनिभर्स नेपाल २०२५ को उपाधि जितेकी छन् र थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
  • उनले मिस युनिभर्स प्लाटफर्मबाट बालश्रम अन्त्यको लागि आवाज उठाउने र अन्तर्राष्ट्रिय श्रम संगठनसँग मिलेर अभियान चलाउने बताइन्।
  • सान्या अधिकारीले नेपालमा बालश्रम हटाउने उद्देश्य राख्दै काठमाडौंसहित गाउँ-गाउँमा अभियान चलाउने र मिस युनिभर्समा नेपाललाई शीर्षस्थानमा लैजान मिहेनत गर्ने बताइन्।

काठमाडौं । सान्या अधिकारीले ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि जितेकी छन् । बुधबार सम्पन्न फिनालेमा उनले उपाधि जितेसँगै थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

जितपछि उनले अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिइन् । आफूले मिस युनिभर्सको प्लाटफर्मबाट नेपालमा बालश्रम अन्त्यको लागि आवाज उठाउने उनको भनाइ छ ।

यसका लागि नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालयसँग मिलेर बालश्रम अन्त्यको लागि कार्य गर्ने उनको भनाइ छ ।

जितपछि उनले भनिन्, ‘मिस युनिभर्स प्लाटफर्मबाट मैले जे भ्वाइस उठाउँछु, त्यो नेपालले मात्र होइन, सारा संसारले सुन्छ ।’

नेपालमा बालश्रमको दर घटेपनि अझै निमिट्यान्न हुन नसकेको उनको भनाइ छ । यसका लागि काठमाडौंसहित गाउँ-गाउँमा पुगेर अभियान चलाउने उनको भनाइ छ ।

‘अहिले दक्षिण एसियाभर नै बालश्रम एकदम बढिरहेको छ । यसको लागि आइएलओसँग मिलेर अघि बढ्छौं’ उनले भनिन्, ‘मेरो उद्देश्य नेपालमा चाइल्ड लेबर हटाउने हो ।’

उनले राम्रो उद्देश्यको लागि जेनजी आन्दोलन भएको बताइन् । ‘अब सबै कुरा स्टेबल हुँदैछ’ उनी भन्छिन्, ‘यसरी नै नेपाल र नेपाली शान्तिपूर्वक एकताबद्ध हुनुपर्छ । अहिले जे भैरहेको राम्रो भैरहेको छ, यही कुरा भ्वाइस उठाउँछु ।’

उनले आउँदो मिस युनिभर्सममा नेपाललाई शीर्षस्थानमा लैजान र चिनाउन मिहेनत गर्ने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?