+
+
Shares

विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको उद्‌घोष

युवा पुस्ताले रुपान्तरण चाहिरहेका बेला प्रचण्डले आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरण विधिबाटै हुने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १३:३१

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने उद्‌घोष गरेका छन् ।

युवा पुस्ताले रुपान्तरण चाहिरहेका बेला प्रचण्डले आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरण विधिबाटै हुने बताएका हुन् ।

एक केन्द्रीय सदस्यका अनुसार नेतृत्व सँधै अध्यक्षकै हातमा हुनुपर्छ भन्ने नरहेको उल्लेख गर्दै उनले कसैले कसैलाई ल नेतृत्व गर भनेर पनि नेतृत्व हस्तान्तरण नहुने बताएका छन् ।

‘विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ’ प्रचण्डको उद्‌घोष छ ।

यी लगायतका विाय समेटेर प्रचण्डले आफ्नो सम्बोधन सकाएका छन ।

प्रचण्डपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ बोलिरहेका छन् । अनय पदाधिकारीले समेत बोल्न चाहे पाउनेछन् ।

त्यसपछि प्रदेश अध्यक्षबाट रिर्पोटिङ लिने र समूहगत छलफल गरेर बैठक सकाउने माओवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?