+
+
Shares

तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने अपेक्षा

काममा कुनै बाधा आइनपरे सम्भवतः आज रातिसम्म पूर्ण रूपमा पहिरो हटाएर आवागमन सञ्चालनमा ल्याउने अपेक्षा सडक डिभिजन भरतपुरको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
  • पहिरो पन्छाउन नारायणगढतर्फ २ र मुग्लिनतर्फ ३ गरी ५ वटा उपकरण प्रयोग भएका छन् र दुवैतर्फ १/१ वटा उपकरण तयारी अवस्थामा राखिएको छ।
  • ठूला ढुंगाका कारण पहिरो पन्छाउन कठिनाइ भए पनि आज रातिसम्म पूर्ण रूपमा पहिरो हटाएर आवागमन सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ।

९ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ ।

बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने काम सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउनका लागि नारायणगढ तर्फ २ र मुग्लिन तर्फ ३ गरी ५ वटा उपकरणहरू प्रयोग भएका छन् । साथै दुवैतर्फ १/१ वटा उपकरण तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फ ५ वटा उपकरणले मात्रै पहिरो हटाउने काम भइरहेको हो ।

नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरू भेटिएका कारण पहिरो पन्छाउन केही कठिनाइ भएता पनि  प्रयोग भएका उपकरणले पूर्ण क्षमतामा काम गरिरहेको छ ।

सडकमाथिबाट खसेको पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स-साना तिखा ढुंगाका कारण उपकरणका टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेको सडक डिभिजनको भनाइ छ । हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर झिकाइएर कामलाई निरन्तरता दिइएको छ ।

काममा कुनै बाधा आइनपरे सम्भवतः आज रातिसम्म पूर्ण रूपमा पहिरो हटाएर आवागमन सञ्चालनमा ल्याउने अपेक्षा सडक डिभिजन भरतपुरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?