+
+
Shares

माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रस्तावमाथि समूहगत छलफल

समूहगत छलफलका निष्कर्ष शुक्रबार ११ बजे बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा समूहगत छलफल हुने भएको छ।
  • बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनमा जोड दिने असहमति प्रस्ताव पनि छलफलमा आउने छ।
  • समूहगत छलफलका लागि १० समूह बनाइएको छ र निष्कर्ष शुक्रबार ११ बजे बैठकमा प्रस्तुत गरिने तयारी छ।

 ९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा समूहगत छलफल हुने भएको छ ।

जेनजी प्रदर्शनपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै आन्तरिक छलफलमा जुटेको माओवादीले काठमाडौंस्थित प्रज्ञा भवनमा बिहीबार केन्द्रीय समिति बैठक डाकेको हो ।

बैठकमा अध्यक्ष प्रचण्ड राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत र उपमहासचिव जनार्दन शर्माले जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनमा जोड दिँदै आएका छन् ।

श्रेष्ठ र शर्माले राखेको असहमति प्रस्तावमा समेत समूहगत छलफल हुनेछ । छलफलका लागि १० वटा समूह बनाइएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार बागमती, मधेश, गण्डकी, कोशी, मधेश, सुदूरपश्चिमसहित सात प्रदेश र उपत्यका विशेष प्रदेश, सम्पर्क विशेष प्रदेश तथा प्रवास विशेष प्रदेश/आयोग सदस्य सम्मिलित १० समूहमा विभाजन गरी छलफल चलाइने छ ।

समूहगत छलफलका निष्कर्ष शुक्रबार ११ बजे बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

यसअघि पार्टी केन्द्रीय कार्यालय स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले सम्पूर्ण कमिटी विघटन गरी आफ्नो नेतृत्वमा विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूलाई कार्यवाहक दिन भनेको स्रोत बताउँछ ।

संस्थापन पक्ष भने प्रचण्डको विकल्प खोज्नतर्फ लाग्न नहुने भन्दै बचाउमा उत्रिरहेका छन् । स्थायी कमिटी बैठकमा नेता मात्रिका यादवले अनन्तकालसम्म प्रचण्डको विकल्प खोज्न नहुने बताएका थिए ।

तर, पार्टी उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले असहमति र असन्तुष्टि केन्द्रीय समितिको बैठकमा राख्ने गरी स्थायी कमिटी बैठक टुंगिएको बताएका थिए । जेनजी प्रदर्शनपछि शीर्ष नेतालाई नेतृत्व छाड्न दबाव बढिरहेका बेला माओवादीमा पनि नेताहरूले पुस्तान्तरण र रूपान्तरणको आवाज उठाइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?