
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले राजस्व सचिव दिनेशकुमार घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ।
- अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा घिमिरेलाई सरुवा गरिएको हो र अर्थ मन्त्रालयमा तत्काल एक मात्रै सचिव रहनेछन्।
- मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ भने गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ।
७ असोज, काठमाडौं । सरकारले राजस्व सचिव दिनेशकुमार घिमिरेलाई सरुवा गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगेको छ ।
लामो समय मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहेको घिमिरेलाई अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा सरुवा गरिएको हो । अब अर्थ मन्त्रालयमा तत्कालका लागि एक मात्रै सचिव रहनेछन् ।
मंगलवार मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई लगिएको थियो भने गृहमा रहेको गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।
आयोगमा त्यसअघि काम गरिरहेको सुमन अर्याललाई रक्षा सचिवमा सरुवा गरिएको थियो । त्यसअघि रामेश्वर दंगालले रक्षा सचिवको भूमिका निर्वाह गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4