
News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै भयंकर सुक्खा पहिरो खसेपछि सडक डिभिजन भरतपुरले फ्लड लाइट जडान गरी पहिरो पन्छाउने काम गरिरहेको छ।
- सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार एक डेढ घण्टामा सडक सञ्चालनमा आउनेछ।
- फ्लड लाइट जडान गरी पहिरो पन्छाउने कामलाई निरन्तरता दिँदै रातिदेखि पूर्ण रूपमा पहिरो हटाएर आवागमन सञ्चालन गर्ने तयारी भइरहेको छ।
९ असोज, काठमाडौं । फ्लड लाइट जडान गरेर तुइनखोला नजिकै गएको सुक्खा पहिरो पन्छाउने काम भइरहेको छ ।
पूर्ण रूपमा पहिरो हटाएर आजै रातिदेखि आवागमन सञ्चालन गर्ने तयारी स्वरूप फ्लड लाइट बालेर पहिरो पन्छाउने कामलाई निरन्तरता दिइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भने, ‘फ्लड लाइट बालेर पहिरो पन्छाउने काम भइरहेको छ । सम्भवतः एक डेढ घण्टामा सडक सञ्चालनमा आउने छ ।’
उनका अनुसार पहिरो पन्छाउन ६ वटा उपकरण प्रयोग भइरहेको छ । मुग्लिन खण्डतर्फबाट ३ वटा र नारायणगढतर्फबाट ३ वटा उपकरणले पहिरो पन्छाउने काम भइरहेको हो ।
आज रातदेखि दुईतर्फी नै सवारी चलाउन मिल्ने गरी काम भइरहेको सडक विभागका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।
मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै मंगलबार अपरान्ह भयंकर सुक्खा पहिरो खसेको थियो । जसका कारण सडक अवरुद्ध छ ।
सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि चितवन प्रशासनले वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ भने अलपत्र परेका यात्रुहरूलाई बसको व्यवस्था गरेर उद्धार गरिरहेको छ ।
प्रतिक्रिया 4