
News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि गेम रियालिटी शो ’र’ को ट्रेलर सार्वजनिक भएको छ जसमा अभिनेता राजेश हमाल महाहोस्ट रहेका छन्।
- शोले कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
- दशैं र तिहारको बीचदेखि हिमालय टेलिभिजन र ओएसआर युट्युब च्यानलबाट ’र’ प्रसारण हुने आयोजकले बताएका छन्।
काठमाडौं । कृषि गेम रियालिटी शो ’र’ (रिभोलुस्नरी एग्रीकल्चर वार) को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेता राजेश हमाल ‘महाहोस्ट’ रहेको यो शोको मुख्य उद्देश्य कृषि, उद्यमशीलता र जलवायु परिवर्तन छ ।
किसान तथा कृषि प्राविधिक गरी दुई किसिमका प्रतिस्पर्धी रहेको यस शोले कृषि क्षेत्रलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्ने जनाइएको छ ।
कार्यक्रमले दर्शकलाई कृषि कर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारी दिँदै मनोरञ्जन प्रदान गर्नेछ ।
शोका परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीका अनुसार अर्थतन्त्रमा टेवा पुर्याउने, कृषि क्षेत्रको समयानुकूल विकास गर्न, कृषकलाई प्रोत्साहन मिल्ने र युवालाई कृषि पेशातर्फ आकर्षित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
कृषिकर्मीलाई सशक्त बनाउँदै कृषि कर्मलाई सम्मानित पेशाको रुपमा प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
दशैं र तिहारको बीचदेखि हिमालय टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलबाट ’शो’ प्रसारण हुने आयोजकले बताएका छन् ।
प्रतिक्रिया 4