+
+
Shares

विकास साझेदारसँग सरकारले भन्यो : आर्थिक सुधारका कार्यक्रममा केन्द्रित छौं

शुक्रबार भएको बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनालले दातृ निकायका प्रमुखसँग नेपालमा राजनीतिक परिवर्तन र आर्थिक प्राथमिकतामा सामूहिक छलफल गरेका छन्।
  • खनालले नयाँ सरकारले पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्धता जनाएको बताए।
  • विकास साझेदारहरुले नेपाल सरकारसँग सहकार्य गरी आर्थिक सुधार र आयोजना निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

१० असोज, काठमाडौं। दातृ निकायका प्रमुखसँग अर्थमन्त्री रामेश्वर खनालले सामूहिक छलफल गरेका छन् ।

शुक्रबार भएको बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

विभिन्न देशका नेपालस्थित राजदूत, नेपालस्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रमुख तथा प्रतिनिधि, मिशनका प्रतिनिधि र बहुपक्षीय तथा द्धिपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनालले विकास साझेदारहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएकोमा धन्यवाद दिए। उनले वर्तमान सरकारका तत्कालका प्राथमिकताबारे समेत बताएका थिए।

नेपालमा हाल भएको परिवर्तन पश्चात गठित अन्तरिम सरकार युवाहरुको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिवद्ध रहेको उनले बताए।

आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षती भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितब्ययीताका माध्यमवाट पुनर्निमाण अघि बढाईने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिईने उल्लेख गरे ।

कार्यक्रममा विकास साझेदारहरुको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधिहरु, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राखेका थिए।

उनीहरुले नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमप्रति सहमति जनाए।

विकास साझेदारहरुले चालू रहेका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम संचालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?