+
+
Shares

दशैंमा घर जाने हतारो (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज ११ गते ११:१६

११ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो चाड दशैं नजिकिएको छ । यतिबेला नवदुर्गा चलिरहेको छ ।

१० दिनसम्म धुमधामका साथ मनाइने यो पर्वमा घर बाहिर भएका आफन्तहरु घर फर्किन्छन् । परिवार-आफन्त जम्मा भएर दशमीको दिन टीका जमरा लगाएर आशीर्वाद लिने र दिने गर्छन् ।

विजया दशमीको दिन नजिकिएकोले घर फर्केनेहरूको भिडभाड देखिन थालेको छ । यो वर्ष बसको टिकट बुकिङ खुला भएन । तर, रुटपरमिट देशैभर खुला गरिएको छ ।

घर फर्किनेहरु जुनसुकै टिकट काउन्टरमा भरिभराउ देखिन्छन् । सडकमा घरको यात्राका लागि हिँडेकाहरू भेटिन्छन् । उनीहरु सबैलाई घर जाने हतारो छ ।

लगातारको वर्षाका कारणले सडक प्रभावित भइरहेकोले यात्रुहरूमा केही चिन्ता पनि देखिन्छ । तर, पनि उनीहरु घर जाने बाटो लागेका छन् ।

यो वर्ष दशैंको टीका असोज १६ गते परेको छ । टीकाको उत्तम साइत बिहान ११M५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?