
११ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।
पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको जनाइएको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो ।
अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उनी अहिले गुण्डुमा बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4