+
+
Shares

जेनजी वार्ता टोलीका सदस्य दाहाललाई प्रश्न- वार्ताको एजेन्डा के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १४:३२

१२ असोज, काठमाडौं । जेनजी युवाका केही प्रतिनिधिहरुको भेलाले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेको छ ।

टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया, अर्पित कुवर र दीपक जंग अधिकारी छन् । वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख छ तर उनको हस्ताक्षर छैन।

वार्ता समिति गठनबारे टोलीका सदस्य प्रवेश दाहालसँग संक्षिप्त कुराकानी गरेका छौं।

तपाईंहरूको वार्ता समिति गठन भएको हो?

वार्ता समिति बनेको छ । अहिले ११ सदस्यीय बनेको छ । तर सबैको लागि खुला छ । यसमा सदस्य थपिन सक्छ । ११ भन्दा धेरै हुन्छ । टोलीमा रक्षा बमको नाम पनि छ तर उहाँले असहमति जनाउनु भएको छ नि ?

उहाँले असहमति जनाउनु भयो भने अर्को थपिन सक्छ । समन्वय गरेर आउनेलाई ढोका खुला छ।

यो वार्ता टोलीले कोसँग वार्ता गर्छ ?

राष्टपतिसँग वार्ता टोली जान्छ । अब अपौचारिक वार्ता सुरु हुन्छ ।राष्ट्रपतिसँग वार्ता गर्ने एजेन्डा के–के छन् ?

हामीले एजेन्डा बनाएका छौं । जेनजी आन्दोलनलाई वैधानिकाता दिने । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राख्ने । जेनजेलीलाई पक्राउ गर्ने भन्ने छ त्यो रोक्ने हो । एजेन्डा राष्ट्रपतिसँग पेस गर्छौं । त्यसपछि अगाडि बढ्छौँ।

व्यवस्थामाथि पनि प्रश्न उठाउनु भएको हो ?

हामीले व्यवस्था परिवर्तन भनेको होइन, अवस्था परिवर्तन भनेका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?