
आरजु राणा र उनका भाइ भूषण राणा
१२ असोज, काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।
सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ ।
राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् ।
आरजु राणाले कतिपय डिलमा उनी प्रतिनिधिको रुपमा खटिने गरेको आरोप राणामाथि लाग्ने गरेको थियो ।
गोप्य सूचना प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4