+
+
Shares

तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १८:२७

१३ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्र्ने बताएका छन् ।

शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन् ।

तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५०० भन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका छन् । गुनासोको संख्या सबैभन्दा धेरै मधेश प्रदेशको रहेको उनको भनाइ छ ।

उनले आज बिहान फेसबुकमा लेखेका छन्, ‘मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ । वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो ।’

यस विषयमा अनुसन्धान गर्ने र यस्तो बेथिति समाधानको उपाय खोज्ने मन्त्री पुनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।’

यसअघि मन्त्री पुनले सबै शिक्षक तथा कर्मचारीहरुले नियमानुसार पाउने तलब उपलब्ध गराउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?