+
+
Shares

सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते ११:४६

१३ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् ।

मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन् ।

‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ पनि नलिइ जानु भएको छ ।’

मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर घर गएका छन् ।

‘उहाँ पोखरा आउने कसैलाई थाहा थिएन । सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर घर जानु भएको छ,’ ती अधिकारीले भने ।

मन्त्री पुन पोखराको नदीपुरमा गएका हुन् । मन्त्री भएपछि उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका थिए । सरकारी कामबाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने उनले घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?