
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा आफ्नो अकाउन्ट निलम्बन गरेको भन्दै युट्युबविरुद्ध मुद्दा दायर गरेका थिए।
- युट्युबले २४.५ मिलियन डलर बुझाएर ट्रम्पसँगको मुद्दा टुंग्याएको छ र २२ मिलियन डलर 'ट्रस्ट फर द नेशनल मल्ल'लाई दिने व्यवस्था गरिएको छ।
- यसअघि मेटाले २५ मिलियन डलर र ट्विटरले १० मिलियन डलर बुझाएर ट्रम्पसँग सम्झौता गरेका थिए र ट्रम्पले अहिलेसम्म ८० मिलियन डलर प्राप्त गरिसकेका छन्।
१४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा आफ्नो अकाउन्ट निलम्बन गरेको भन्दै युट्युबविरुद्ध मुद्दा दायर गरेका थिए । अब युट्युबले २४.५ मिलियन डलर (करिब ३३ अर्ब नेपाली रुपैयाँ) बुझाएर मुद्दा टुंग्याएको छ ।
रिपोर्टअनुसार, यस रकममध्ये २२ मिलियन डलर ‘ट्रस्ट फर द नेशनल मल्ल’ नामक संस्थालाई दिने व्यवस्था गरिएको छ । उक्त रकमबाट ट्रम्पको योजनाअनुसार ह्वाइट हाउसमा २०० मिलियन डलर लागतको बलरूम निर्माण गरिनेछ । बाँकी २.५ मिलियन डलर मुद्दा हाल्ने अन्य व्यक्तिहरूलाई दिइनेछ ।
यसअघि मेटाले २५ मिलियन डलर र ट्विटर (हाल एक्स) ले १० मिलियन डलर बुझाएर ट्रम्पसँग सम्झौता गरेका थिए ।
यी सबै मुद्दाबाट ट्रम्पले अहिलेसम्म ८० मिलियन डलर अर्थात् झन्डै १० अर्ब ८८ करोड रूपैयाँभन्दा बढी प्राप्त गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4