
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा रहेको जानकारी दिनुभयो।
- पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको अर्थमन्त्री खनालले बताउनुभयो।
- अर्थ मन्त्रालयले कानूनमा व्यवस्था नभए पनि पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको जानकारी दिएको छ।
१४ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा छन्।
सोहीक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको आधिकारिक जानकारी प्राप्त भएको अर्थमन्त्री खनालले जानकारी दिएका छन्।
अर्थ मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको बताएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4