
१४ असोज, काठमाडौं । नेपाल आयल निगमले भारतले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको भएपनि हाललाई नेपाली बजारमा खुद्रा मूल्यमा हेरफेर नगरिएको जनाएको छ ।
चाडपर्वलाई लक्षित गर्दै साविककै मूल्यमा खुद्रा बिक्री यथावत राख्ने निर्णय भएको मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले जनाएको छ ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट पेट्रोलमा प्रति लिटर ०.२४ पैसा, डिजेलमा २ रुपैयाँ ३५ पैसा, मट्टितेलमा २ रुपैयाँ ३९ पैसा, हवाई इन्धनमा प्रति लिटर ३ रुपैयाँ ३९ पैसा र एलपीजी ग्यासमा प्रति सिलिण्डर ३ रुपैयाँ ६० पैसा बढेको मूल्य सूची प्राप्त भएको छ ।
तर, चाडपर्वलाई लक्षित गर्दै मूल्य स्थिरता काम गरी देशभर सहज आपूर्तिका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय भएको निगमको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4