+
+
Shares

नीलकण्ठका मेयर ढुंगाना यूसीएलजी एसिया–प्यासिफिकको सहअध्यक्षमा पुन: निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना युनाइटेड सिटी अफ लोकल गभरमेन्ट एशिया–प्यासिफिक क्षेत्रको सहअध्यक्षमा लगातार दोस्रोपटक निर्वाचित भएका छन्।
  • यूसीएलजी सन् २००४ मा स्थापना भएको अन्तर्राष्ट्रिय छाता संस्था हो जसले विश्वभरका स्थानीय सरकारहरूको हितको प्रतिनिधित्व गर्छ।
  • यूसीएलजीले एसिया प्यासिफिक क्षेत्रका ५१ देशका करिब ७००० शहरहरूको प्रतिनिधित्व गर्दछ।

१५ असोज, काठमाडौं। दक्षिण एसिया प्यासिफिक क्षेत्रका शहरहरूको छाता संस्था युनाइटेड सिटी अफ लोकल गभरमेन्ट (यूसीएलजी) एशिया–प्यासिफिक क्षेत्रको सहअध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना पुन: निर्वाचित भएका छन्।

ढुंगान लगातार दोस्रोपटक उक्त पदमा निर्वाचित भएका हुन्। यसअघि दुई वर्षअघि उनी सहअध्यक्षमा निर्वाचित भएका थिए।

सन् २००४ मा स्थापना भएको संयुक्त शहर र स्थानीय सरकारहरू (यूसीएलजी) शहरहरू, स्थानीय र क्षेत्रीय सरकारहरू, र विश्व स्तरमा स्थानीय सरकारहरूको हितको प्रतिनिधित्व र रक्षासँग सम्बन्धित विश्वभरका नगरपालिका संघहरूको एक अन्तर्राष्ट्रिय छाता संगठन हो।

धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख समेत रहेका ढुंगाना स्थानिय तहमा जनप्रतिनिधिका रूपमा अनुभव सम्हालेका व्यक्ति हुन्। यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरू सदस्यका रूपमा रहेका छन्।

यो संस्थाले एसिया प्यासिफिक क्षेत्रका बेइजिङ, नयाँदिल्ली, सियोल, पेनाङ जस्ता प्रमुख शहरहरू सहित ५१ देशका करिब ७००० शहरहरूको प्रतिनिधित्व गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?