+
+
Shares

काठमाडौं प्रशासनले भन्यो- रातको समयमा काठमाडौं आवातजावत नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म भारी वर्षाका कारण रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले अनावश्यक रूपमा यात्रा नगर्न र विपद् अवस्थामा प्रहरी सम्पर्क गर्न सुझाएका छन्।
  • जिल्ला प्रशासनले सबैलाई असोज २० गतेसम्म आ-आफ्नो स्थानमा रही सतर्कता अपनाउन र लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ।

१७ असोज, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् ।

‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ’ सूचनामा उल्लेख छत ।

विपद्‌को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाअनुसार आजदेखि यही असोज २० गते सम्म काठमाडौंमा भारी वर्षा हुने सम्भावना छ । वर्षाबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न भनेको हो ।

असोज २० गतेसम्म आ-आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन भनिएको छ । अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?