+
+
Shares

प्रभुको प्रश्न – महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले महिला प्रधानमन्त्री भए पनि मन्त्रिपरिषद्मा अन्य महिला नपरेको प्रश्न उठाए।
  • साहले रौतहटको जयनगरमा आयोजित कार्यक्रममा महिला मन्त्री नपर्नुमा नेपालमा योग्य महिलाहरुको अभाव नभएको बताए ।
  • साहले जेन-जी आन्दोलनको भावना सरकार मात्र फेर्ने नभएको उल्लेख गरे।

१७ असोज, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिला प्रधानमन्त्री भएता पनि मन्त्रिपरिषद्मा अन्य महिला अटाउन नसकेको टिप्पणी गरेका छन् ।

दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै किन भनेर प्रश्न गरेका हुन् ।

‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन सक्नुभएन’ साहले प्रश्न गरे, ‘के नेपालमा मन्त्री बन्न योग्य महिलाहरु छैनन् ?’

साहले जेन-जी आन्दोलनको भावना केन्द्रको एउटा सरकार हटाएर व्यक्ति फेर्नेमात्रै नभएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?