+
+
Shares

परप्लेक्सिटी एआईका सीईओ परे युवा अर्बपतिको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ९:०४

काठमाडौं । परप्लेक्सिटी एआई (Perplexity AI) का सीईओ अरविन्द श्रीनिवास युवा अर्बपतिको सूचीमा परेका छन् ।

हुरुन रिपोर्टका अनुसार २१ हजार १९० करोड भारतीय रुपैयाँ सम्पत्तिसहित उनी ३१ वर्षकै उमेरमा भारतका सबैभन्दा कान्छा अर्बपति बनेका हुन् ।

सन् २०१७ मा उनले इलेक्ट्रिकल इन्जिनियरिङमा डुअल डिग्री हासिल गरेका थिए । कम्प्युटर साइन्समा स्विच गर्न कठिनाइ भए पनि उनले पाइथन सिकेका थिए । प्रसिद्ध एआई विज्ञ योशुआ बेन्जियोसँग इन्टर्न गरेपछि उनले कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा पीएचडी गरेका थिए ।

सन् २०२२ मा श्रीनिवासले डेनिस यारात्स, जोनी हो र एन्डी कोन्विन्स्कीसँग मिलेर परप्लेक्सिटी एआईको सहस्थापना गरेका थिए । यस कम्पनीले गुगल सर्चको विकल्पका रूपमा आफूलाई स्थापित गरेको छ । यसमा खोज र एआईलाई मिसाएर प्रयोगकर्तालाई संवादात्मक उत्तर र प्रमाणित स्रोतसहित जानकारी उपलब्ध गराइन्छ ।

पूर्व गुगल अनुसन्धानकर्ता श्रीनिवासले आफ्नो सपना पूरा गर्न गुगलजस्तो ठूला कम्पनीबाट अलग हुने निर्णय गरेका थिए ।

‘यो विचार सफल भयो– मानिसहरू परम्परागत लिङ्क–आधारित खोजबाट बिस्तारै समाधानमुखी परप्लेक्सिटीको दिशातर्फ सरे,’ हुरुनले लेखेको छ ।

सन् २०२५ को मे महिनामा परप्लेक्सिटीले भारतको एयरटेल कम्पनीसँग साझेदारी गरेको थियो, जसअन्तर्गत ३६ करोड भारतीय प्रयोगकर्ताले नि:शुल्क ‘परप्लेक्सिटी’मा पहुँच पाउने व्यवस्था बनेको थियो । यसले प्लेटफर्मको पहुँचमा ठूलो वृद्धि गरेको थियो । हाल यसको विश्वभर ३ करोड सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ ।

जुलाई २०२५ सम्म पुग्दा परप्लेक्सिटीको मूल्यांकन १८ अर्ब अमेरिकी डलरसम्म पुगेको थियो, जसले कम्पनीलाई एआई उद्योगको अग्रपंक्तिमा पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?