+
+
Shares

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १४:३०

विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।

घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।

अरु ६ जना घाइते छन् । उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुलेको छै्रन ।

सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?