+
+
Shares

कपिलवस्तुमा बस दुर्घटना हुँदा एकको मृत्यु, ४ जनाको अवस्था गम्भीर

कपिलवस्तु प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार  दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो  ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:३४

१८ असोज बुटवल । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनामा हुँदा डोटीको दिपालय नगरपालिका वडा नम्बर १ कि सरस्वति खड्काको मृत्यु भएको हो ।

कपिलवस्तु प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार  दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो  ।

घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको  ट्राफिक  प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख  निरज गौतमले जानकारी दिए । गम्भीर  र मध्यम अवस्थाका घाइते  १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल ल्याइएको छ ।

बिहानको समयमा तीव्र गतिको गाडीमा मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?