+
+
Shares

अरनिको राजमार्गमा पनि सवारीसाधन होल्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १४:३६

१८ असोज, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको धुलिखेल–खावा–दोलालघाट खण्डमा सवारी साधन होल्ड गरिएको छ ।

वर्षात र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम रोक्न अरनिको राजमार्गको धुलिखेल–खावा–दोलालघाट खण्डमा दुवैतर्फ सवारी साधन अनिश्चित समयको लागी होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौबाट गएका सवारीसाधन धुलिखेल तथा सिन्धुपाल्चोक हुँदै आएका सवारी साधन प्रहरी चौकी दोलालघाटमा रोकीएको जानकारी दिए ।  होल्ड भएका सवारी साधन अर्को आदेश नभए सम्मको लागि दुबै तर्फका सवारी साधन रोेकिने प्रहरीले जनाएको छ ।

सवारीसाधान होल्ड भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा लगायतमा जाने तथा उक्तस्थानहरूबाट काठमाण्डौ आउने यात्रुहरू मर्कामा परेका छन् ।

त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी खुलेको छ ।

रातीदेखिको बर्षासँगै अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ तिरतिरे धारामा सडकमाथिबाट ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । हुस्सु लागेको र माथीबाट ढुंगा समेत खसिरहेकोले गाडीहरू रोकिएका थिए ।

त्यस्तै अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा राजमार्ग भासिएको कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?