
News Summary
Generated by OK AI. Editorially reviewed.- अरनिको राजमार्गको धुलिखेल-८ पकुचामा पहिरोले सडक अवरुद्ध भएको छ।
- जिल्ला प्रहरी प्रमुख कोमल शाहले पहिरो पन्छाउने कार्य सुरु भएको जानकारी दिनुभयो।
- धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पहिरो झरिरहेको कारण सवारी सञ्चालनमा रोक लगाइएको छ।
१८ असोज, काभ्रेपलाञ्चोक। अरनिको राजमार्गको धुलिखेल-८ पकुचाको आँपको बोटमुनि पहिरोले खसेर सडक अवरुद्ध भएको छ ।
अहिले पहिरो पन्छाउने कार्य सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
यस्तै राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको छ ।
वर्षासँगैको पहिरोको जोखिमलाई मध्यनजर गर्दै त्यहाँ सवारी सञ्चालनमा रोक लगाइएको शाहले बताए । उनका अनुसार, सवारीहरू धुलिखेलमा होल्ड गरेर राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4