
१८ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको तुइनखोला नजिकै माथिबाट ढुंगा खसेको थियो । त्यसपछि दुईतर्फी रोकिएको सवारी आवागमन अहिले भने एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
वर्षा भइरहेको अवस्थामा यस खण्डमा पहिरोको उच्च जोखिम भएकोले अति आवश्यक अवस्था बाहेक जोखिम मोलेर यात्रा नगर्न र यात्रा गर्नुपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्नुहुन हार्दिक अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4