+
+
Shares

उदयपुरको दमौतीमा खोलामा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २२:०७

१८ असोज, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौतीमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ।

रौतामाई गाउँपालिका–३ पाकाना सैलेनी घर भई हाल त्रियुगा–५ दमौती बस्दै आएकी ३ वर्षीया रेबिका राई,  शनिबार बिहान घर नजिकै रहेको अम्बिका खोलामा खेल्ने क्रममा आकस्मिक रूपमा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?