
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कन्टेन्ट क्रिएटर इभा गिरीले बादशाहको भाइरल गीत ‘कोकैना’माथि आकर्षक डान्स भिडियो बनाएकी छिन्।
- बादशाहले इभाको भिडियोमा ‘ट्रफी’को इमोजी कमेन्ट गर्दै प्रशंसा गरेका छन्।
- म्युजिक भिडियो मोडल नताशा भारद्धाजले पनि इभाको भिडियोमा ‘फायर’को इमोजी राखेर समर्थन जनाएकी छिन्।
काठमाडौं । नेपाली कन्टेन्ट क्रिएटर इभा गिरीको डान्समा बलिउड हिपहप आर्टिस्ट तथा गायक बादशाहले प्रशंसा गरेका छन् ।
इभाले केही दिनअघि बादशाहको पछिल्लो भाइरल गीत ‘कोकैना’माथि आकर्षक डान्स भिडियो बनाएकी थिइन् । बादशाहको उक्त गीत अहिले टिकटक र रिल्समा भाइरल छ ।
इभाले इन्स्टाग्राममा पोस्ट गरेको उक्त भिडियोमा बादशाहले कमेन्ट गर्दै ‘ट्रफी’को इमोजी पोस्ट गरेका छन् ।
सो गीतको म्युजिक भिडियो मोडल नताशा भारद्धाजले पनि इभाको भिडियोको प्रशंसा गर्दै ‘फायर’को इमोजी राखेकी छन् ।
इभाले अन्य गीतमाथि पनि रिल्स भिडियो बनाउँदै आएकी छन् । ‘कोकैना’ गीतको भिडियोलाई पनि दर्शकको राम्रो साथ मिलेको छ । नेपाली मात्र होइन, भारतीयले पनि इभाको यो भिडियोलाई रुचाएका छन् ।
View this post on Instagram
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4