
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने १७ जना घाइते भएका छन्।
- इलाममा पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ र १ जना पुरुष अझै बेपत्ता छन् भने मृतकमा १३ पुरुष, १४ महिला, ३ बालक र ७ बालिका छन्।
- बाढीका कारण झापामा ५ हजार ४२५, मोरङमा ३८६ र सुनसरीमा ४५ घरपरिवार विस्थापित भएका छन्।
१९ असोज, विराटनगर। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ जना घाइते भएका छन् । देशभर ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन् । मृतक मध्ये १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् । इलाममा १ जना पुरुष बेपत्ता छन् ।
प्रहरीका अनुसार बाढी र पहिरोमा परी पाँचथरमा २ जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ।
बाढीमा बगेर मोरङमा १ जना महिलाको मृत्यु भएको छ । झापामा एक जना पुरुषको शव फेला परेको छ ।
बाढीका कारण ६ हजार बढी परिवार विस्थापित भएका छन्।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् ।
मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया 4