+
+
Shares

हेटौंडा–काठमाडौं सडक जोड्ने २ सडक सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते ११:५५

२० असोज, बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौंडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।

उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।

यस्तै हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?