+
+
Shares

जेनजी आन्दोलनमा घाइते भएका ३० जना अझै अस्पतालमा

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालमा ३० जना जेन–जी प्रदर्शनका घाइतेको उपचार भइरहेको जनाएको छ।
  • २ हजार ३१६ जना घाइतेमध्ये २ हजार २३८ जना डिस्चार्ज भइसकेका छन् र ४९ जनाको अस्पतालमा मृत्यु भएको छ।
  • आन्दोलनको क्रममा मृत्यु हुने संख्या ७५ पुगेको र १६ वटा संघीय अस्पतालमा ९ जना घाइतेले सेवा लिएका छन्।

२० असोज, काठमाडौं। जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा घाइते भएका ३० जनाको अझै अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो।

राष्ट्रिय ट्रमा सेन्टरमा १०, त्रिवि शिक्षण अस्पतालमा ५, पाटन स्वास्थ्य विज्ञाज प्रतिष्ठानमा ३, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन, बीएन्ड बी अस्पतालमा ३ जनाको उपचार भइरहेको छ।

यस्तै निजामति अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, विराट मेडिकल शिक्षण अस्पताल,नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक –एक जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार उपचारका लागि २ हजार ३१६ जना घाइते आएका मध्ये २ हजार २३८ जना घाइते डिस्चार्ज भइसकेका छन्।

त्यसैगरी अस्पतालमा आएकामध्ये ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यद्यपि, आन्दोलनको त्रलममा मृत्यु हुने संख्या ७५ पुगेको छ । संघीय १६ वटा अस्पतालमा १२ असोजदेखि हालसम्म जेनजी क्लिनिकमार्फत ९ जना घाइतेले सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?