+
+
Shares

सुनसान छ मदन भण्डारी लोकमार्ग (तस्वीरहरू)

यो सडकखण्डमा सप्तरी, सिरहाबाट समेत व्यापार गर्न व्यापारीहरू आएका छन् । तर, दुई दिने वर्षापछि बाटो बन्द हुँदा  व्यापार उल्लेखनीय मात्रामा कम भएको व्यापारी दिपेन्द्र शाहले बताए ।

सापेक्ष सापेक्ष
२०८२ असोज २० गते १७:३५

२० असोज, काठमाडौं । देशमा परेको अविरल वर्षाका कारण उदयपुर छुने मदन भण्डारी लोक राजमार्ग सुनसान बनेको छ । पूर्वी जिल्लाबाट काठमाडौं जाने गाडीहरूलाई सुरक्षाका कारण बन्द गरिएपछि राजमार्ग सुनसान बनेको हो ।

जिल्ला ट्राफिक प्रहरी उदयपुरका प्रहरी निरीक्षक चन्द्र खडकाका अनुसार सिन्धुलीको खुर्कोट–धुलिखेल हुँदै गाडीलाई जान नदिइएका कारण राजमार्ग सुनसान बनेको हो ।

‘अहिले लोकल गाडीहरू मात्र चलेका छन् । लामो दूरीको गाडी कमै छन्,’ उनले भने ।

उनका अनुसार उदयपुर छुने यस राजमार्गबाट सुनसरी, मोरङ, झापा जस्ता जिल्लाबाट राजधानी जाने गाडीहरू जान्छन् ।

त्यस्तै, बाटो सुनसान हुँदा व्यापारीहरूको व्यापार समेत घटेको छ । यो सडकखण्डमा सप्तरी, सिरहाबाट समेत व्यापार गर्न व्यापारीहरू आएका छन् । तर, दुई दिने वर्षापछि बाटो बन्द हुँदा  व्यापार उल्लेखनीय मात्रामा कम भएको व्यापारी दिपेन्द्र शाहले बताए ।

उनी उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ४ वर्षे डाँडामा पेडा पसल चलाउन सप्तरीको बरमझियाबाट आएका हुन् । श्री बैजनाथ साह बाजेको पेडा भन्डार नामक पसल चलाउने उनी दुई दिनमा नै ८० प्रतिशत जस्तो व्यावसाय घटेको बताउँछन् । त्यस्तै पहिले बनाएका खाजाहरू खेर गएको सुनाउँन् ।

त्यस्तै स्थानीय व्यवसायी राजन राईका अनुसार गाडीहरू नहुँदा खाजा पसलको व्यापार स्वाट्टै घटेको छ ।

‘हामीले गाडीहरूको सम्पर्कमा खाजा बनाउथ्यौं,’ उनले भने, ‘त्यसैले अहिले कोही गाडीहरू आएका छैनन् । गाडी नआएपछि व्यापार हुने कुरै भएन ।’

अहिले यस सडकखण्डमा स्थानीय र केही नीजी गाडीहरू मात्र गुडेको देख्न सकिन्छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?