+
+
Shares

ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा, भएन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते २०:३०

२० असोज, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन् ।

जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन भन्दै पुगेका थिए ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उनीहरूको जाहेरी भने दर्ता भएको छैन ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको छर समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ ।

‘उहाँहरू जाहेरी लिएर आउनुभएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले केहीबेर छलफल गर्‍यौं । तर, जाहेरी दर्ता भएको छैन ।’

जेनजीहरूले आजबाट ‘केपी ओली एरेस्ट’ भन्दै अभियान नै चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?