
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले नियमित फौजदारी प्रकियाको अनुसन्धान अघि बढाउन आयोगको कामले कुनै बाधा नपर्ने स्पष्ट पारेको छ।
- आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गृह मन्त्रालयले आयोगको कामले हात बाँधेर बस्नु नपर्ने र नियमित काम आफैं गर्न मिल्ने बताउनुभयो।
- उनले नियमित फौजदारी प्रक्रिया अघि बढाउन आयोगको निर्णय आवश्यक नहुने र गृह मन्त्रालय स्वतन्त्र हुने उल्लेख गर्नुभयो।
२० असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले नियमित फौजदारी प्रकियाका अनुसन्धान अघि बढाउन आयोगका कामले कुनै बाधा नपर्ने स्पष्ट पारेको छ ।
आयोगले काम गरिरहेका कारण भदौ २३ र २४ गतेको आन्दोलन सम्बन्धी घटनाको नियमित अनुसन्धान अहिले नहुने आसयको धारणा केही समय अघि गृह मन्त्रालयले सार्वजनिक गरेको थियो ।
प्रहरी लगागतका निकायले गर्ने नियमित अनुसन्धान नै प्रभावित हुने भन्दै गृह मन्त्रालयको उक्त निर्णयको विरोध भएको थियो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यो विषयमा स्पष्ट पार्दै कुनै पनि नियमित काम गर्न आयोगको मुख ताक्न नपर्ने बताए ।
‘आयोगको कामकारबाहीका कारण अन्य काम गर्न मुख ताक्नुपर्दैन,’ कार्कीले अनलाइनखबरसँग भने, ‘गृह मन्त्रालयले आयोगले काम गरिरहेको छ भनेर हात बाँधेर बस्नु पर्दैन नियमित कामकारबाही अफ्न ढंगले गर्न मिल्छ ।’
उनले नियमित फौजदारी प्रक्रिया अघि बढाउन आयोगको निर्णय आवश्यक नपर्ने बताए । ‘कोही संलग्न देखिन्छ भने नियमित फौजदारी प्रक्रिया अन्तर्गत कारबाही अघि बढाउन गृह मन्त्रालय स्वतन्त्र हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4