+
+
Shares

बढ्यो आलुको भाउ

रातो आलु मुडे प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँ कायम छ । सोमबार भने आलु रातो मुडे ४२ देखि ४४ रुपैयाँमा कारोबार भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १२:४१

२१ असोज, काठमाडौं । स्थानीय बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार आलुको भाउ बढेको देखिएको हो ।

बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

आज मंगलबार कालीमाटी बजारमा रातो आलु भारतीय प्रतिकिलो थोकमा न्यूनतम ३० देखि अधिकतम ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार रातो आलु भारतीय २८ देखि ३० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै रातो आलु मुडे प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँ कायम छ । सोमबार भने आलु रातो मुडे ४२ देखि ४४ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ५० देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भइरहेको छ । सेतो आलु भने प्रतिकिलो न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?