+
+
Shares

नेपाल बार एसाेसिएसनले भन्यो- प्रहरीको मनोबल खस्काउने हर्कतप्रति सरकार गम्भीर बनोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १६:०१

२१ असोज, काठमाडौं । नेपाल बार एसाेसिएसनले नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका क्रियाकलापहरूमा सरकार गम्भीर हुुनुपर्ने बताएको छ ।

एसाेसिएसनका महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा संवाद र सहकार्यको माध्यमबाट अघि बढ्न सरकारलाई आग्रह समेत गरिएको छ ।

‘सुरक्षा निकाय खास गरी नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका हर्कतहरुप्रति सरकार गम्भीर हुनु पर्दछ । आवेश, आक्रोस र अराजकताले हत्या, हिंसा र प्रतिहिंसाको दुश्चक निम्त्याउँछ,’ बारले जारी विज्ञप्तिमा भनेको छ, ‘हामी दिगो शान्तिको पक्षमा छौं । दिगो शान्ति सम्बाद र सहकार्यबाट मात्र सम्भव छ । तसर्थ व्यापक सम्वाद गर्न नेपाल सरकार समक्ष हामी अनुरोध गर्दछौं ।’

देश जतिसुकै कठिन मोडमा रहँदा समेत कानूनको शासनको आधारभूत मानकलाई बेवास्ता गर्न नमिल्ने बारले भनेको छ ।

सर्वोच्च अदालत लगायतका सम्पूर्ण अदालतहरूका काम, कारबाहीहरू अविलम्व नियमित रुपमा सुचारु गर्न पनि बारले माग गरेको छ।

बारको भवन निर्माण गर्न सर्वोच्च अदालत परिसरभित्रै जग्गा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

गत भदौ २३ गते भएको जेनजीको आन्दोलन र भदौ २४ गते भएको तोडफोड आगजनी, लुटपाट समेतको घटनाउपर छानविन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको धारणाप्रति पनि बारले आपत्ति जनाएको छ ।

‘…पूर्व धारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन । यस्तो गम्भीर घटनालाई छानविन गर्न नेपाल सरकारले औपचारिकता मात्र निर्वाह गर्न खोजी विषयवस्तुलाई हल्का रुपमा लिएको आम धारणा बनिरहेको छ । यसवाट आयोगको प्रतिवेदनले समेत विश्वसनीयता गुमाउने हुन्छ,’ बारले भनेको छ ।

CamScanner 07-10-2025 15.31
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?