
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको दोलालघाट नजिक अरनिको राजमार्गमा सुख्खा पहिरोसँगै खसेको ढुंगाले मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।
- मोटरसाइकल चालक प्रेमबहादुर श्रेष्ठ र उनकी छोरी अपेक्षा श्रेष्ठलाई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
- घाइतेमध्ये चालक श्रेष्ठको अनुहार र देब्रे हातमा चोट लागेको छ भने अपेक्षा सामान्य घाइते भएकी छिन्।
२१ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको दोलालघाट नजिक अरनिकाे राजमार्गमा माथिबाट खसेको सुख्खा पहिरोसँगै ढुंगाले लागेर मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
मंगलबार जिरोकिलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७५ प ५०९५ नं. को माेटरसाइकललाई काभ्रे भुम्लु गाउँपालिका १० चाखोलामा सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेको थियो।
ढुंगाले लागेर मोटरसाइकल चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ बस्ने बर्ष ४१ का प्रेमबहादुर श्रेष्ठ र उनकी छोरी वर्ष १० की अपेक्षा श्रेष्ठ रहेका छन् ।
चालक श्रेष्ठको अनुहार र देब्रे हातमा चोट लागेको छ । अपेक्षा सामान्य घाइते छिन् । दुवैको धुलिखेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए ।
प्रतिक्रिया 4