+
+
Shares

दोलखाको बिगु-१ देउरालीमा पहिरो, ६ जना पर्यटक लप्चीमै अड्किए

दोलखाको लामाबगर–खरानेखोला हुँदै लप्ची जाने एक मात्र पैदलमार्गमा भीषण पहिरो खस्दा लप्ची पुगेका ४ विदेशी पर्यटक र उनीहरुका गाईड २ जना नेपाली गरेर ६ जना पहिरोका कारण लप्चीमै अड्किएका छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज २१ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको लप्चीमा पहिरो खस्दा ४ विदेशी पर्यटक र २ नेपाली गाइड गरी ६ जना पर्यटक अड्किएका छन्।
  • जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएस्पी ज्ञानकुमार महतोले उनीहरुलाई नासा हाईड्रोपावरमा सुरक्षित राखिएको बताए।
  • प्रहरीले पैदलमार्गमा पहिरो परेकाले उज्यालोमा मात्र हिड्न र मौषमको ख्याल गर्न अनुरोध गरेको छ।

२१ असोज, काभ्रेपलाञ्चोक। दोलखाको विगु गाउँपालिका–१ लप्चीको खराने खोलाको माथी देउरालीमा भीषण पहिरो खस्दा ६ जना पर्यटक लप्चीमा नै अड्किएका छन् ।

दोलखाको लामाबगर–खरानेखोला हुँदै लप्ची जाने एक मात्र पैदलमार्गमा भीषण पहिरो खस्दा लप्ची पुगेका ४ विदेशी पर्यटक र उनीहरुका गाईड २ जना नेपाली गरेर ६ जना पहिरोका कारण लप्चीमानै अड्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएस्पी ज्ञानकुमार महतोका अनुसार लप्ची पुगेर फर्किदै गरेका ६ जना पर्यटक पहिरोका कारण अड्किएका छन्।

उनीहरुलाई पहिरो गएको भन्दा माथी नासा हाईड्रोपावरमा सुरक्षित राखिएको उनको भनाइ छ । ‘लामाबगर–खरानेखोला हुँदै लप्ची पैदल जाने हो । पैदल जाने बाटो पहिरोमा परेपछि उनीहरुलाई अध्यारो नहिड्नुस भनेका छौं, साथै मौषमको समेत ख्याल गरेर हिड्न सुझाएका छौ ।’

चीनको सिमाना नजिकै रहेको लप्चीमा बौद्ध गुम्बा र मेडिटेशन सेन्टर छ । विभिन्न देशका पर्यटक सँगै नेपालीहरु समेत त्यस ठाउँमा धेरै जान चाहने प्रहरीले जनाएको छ ।

पर्यटकीय सिजन भएकाले त्यस क्षेत्र घुम्न जाने पर्यटक फर्किएका छन् । प्रहरीले तत्कालका लागि त्यसतर्फ जान रोक लगाइएको छ । उज्यालोमा मात्र हिड्न र मौषमको ख्याल गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?