+
+
Shares

‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौं’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मैझारो’ले दोस्रो गीत ‘साकेला नाचौँ’ युट्युबमा रिलिज गरेको छ।
  • गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ र शब्द पदम साधना कुलुङले लेखेका छन्।
  • फिल्म ७ कात्तिकदेखि प्रदर्शन तयारीमा छ र लिम्बु र राई समुदायबीचको प्रेम कथामा आधारित छ।

काठमाडौ । फिल्म ‘मैझारो’ले दोस्रो गीत ‘साकेला नाचौँ’ युट्युबमा रिलिज गरेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले गीत ल्याएको हो ।

राजेशपायल राई र मेलिना राईको स्वर रहेको गीतमा शब्द रचना पदम साधना कुलुङको छ । संगीत सिर्जना तोरेम्पाहाङ राईले गरेका छन् ।

गीतमा दयाहाङ राई, दीया पुन, धीरज मगर र मिरुना मगर छन् । उनीहरुले छमछमी साकेला नाचेका छन् ।

नेपालको पूर्वी पहाडमा बसोबास गर्दै आएका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच्छन् । किराँतको धान रोप्ने र बाली भित्राउने पर्वका रूपमा साकेला मनाउने गरिन्छ ।

लिम्बु र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित यो फिल्ममा कथाअनुसार कै गीत सिर्जना गरिएको निर्माता बताउँछन् । अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’को डेब्यू निर्देशकीय फिल्म ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको हो ।

‘मैझारो’ ७ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?