+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आज विश्व हुलाक दिवस मनाइँदै

सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर ९ मा विश्व हुलाक सङ्घको स्थापना दिवसको रूपमा मनाइन्छ।
  • सन् १९६९ मा जापानको टोकियोमा विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो।
  • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हुलाकले सहरी र ग्रामीण क्षेत्रबीच सम्पर्क कायम गरेको सन्देश जारी गर्नुभएको छ।

२३ असोज, काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।

सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो। त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन्।

यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवर्द्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् ।

विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्‍याएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?