+
+
Shares

१५ लाख रुपैयाँ पर्ने संसारकै महँगो बर्गर, निम्तो आएमात्रै चाख्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ११:४०

स्पेनको एक रेष्टुरेन्टमा संसारकै सबैभन्दा महँगो बर्गर पाइन्छ । असादर आउपा रेष्टुरेन्टले बिक्री गर्ने उक्त अद्वितीय बर्गरको मूल्य ११ हजार डलर अर्थात् १५ लाख रुपैयाँ पर्दछ । अझ विशेष त के भने त्यो बर्गर जो कोही मानिसले चाख्न पनि पाउँदैन र रेष्टुरेन्टले निम्तो गरेका व्यक्तिले मात्रै यसको स्वाद लिन पाउँछ ।

स्पेनको क्याटालोनियास्थित क्याबरेरा डेल मार क्षेत्रमा रहेको उक्त रेष्टुरेन्टले ८ वर्षको मिहिनेत र अनुसन्धानपछि उक्त विशेष बर्गर बनाएको हो । सो बर्गर कसरी बनाइयो र त्यसमा खास के-कस्ता चिजबिज राखिएको छ भन्ने तथ्य चाहिँ गोप्य राखिएको छ ।

यद्यपि ९ हजार ४५० युरो मूल्यको उक्त बर्गरमा खान मिल्ने सुनजस्ता अनावश्यक चिजहरु नराखिएको र विशेष खालका गुणस्तरीय चिजवस्तु राखेर तयार पारिएको बताइएको छ ।

स्पेनको बास्क समुदायका परिकारमा दखल राख्ने चर्चित शेफ बोस्को जिमेनेजले उक्त असाडोर आउपा नामक रेष्टुरेन्टको स्थापना गरेका हुन् । जिमेनेजलाई बीडेभाइकिंगो नामले पनि चिनिन्छ ।

विश्वको सबैभन्दा महँगो बर्गर बनाउने उनको अवधारणा सामान्य छ – लक्जरी भनेको हल्लाखल्लायुक्त हुनु हुँदैन । यो भनेको अप्राप्य हुनुपर्छ ।

हुनत त्यो विशेष बर्गरका लागि ११ हजार डलर रकम तिर्न तयार हुने मानिसहरु धेरै हुनसक्छन् । तर, पैसा खर्च गर्नुमात्रै उक्त बर्गरको स्वाद लिनका लागि पर्याप्त हुनेछैन । यसको अनुभव लिनका लागि तपाईंलाई एसाडोर आउपा रेष्टुरेन्टले निमन्त्रणा गर्नुपर्दछ ।

रेष्टुरेन्टको वेबसाइटमा लेखिएको छ – यो अनुभव केवल निमन्त्रणका आधारमा मात्रै छ । यो मेन्यूमा संलग्न छैन । यसका लागि बुकिङ गर्न पनि सम्भव छैन । यसको अनुभव गर्नका लागि छानिएकाहरुलाई मात्रै अनुमति मिल्नेछ । यदि तपाइँलाई पनि उक्त सूचीमा पर्न मन छ भने अनुरोध गर्न सक्नुहुन्छ । त्यस्तो अनुरोधलाई प्रक्रियामा लगिनेछ ।

त्यसरी आवेदन दिएकामध्येबाट रेष्टुरेन्टले कुन आधारमा छनोट गरेर निमन्त्रणा दिन्छ भन्ने चाहिँ खुलासा गरेको छैन । छनोट गरिएका हरुलाई रेष्टुरेन्टको निजी कोठामा निमन्त्रणा गरिनेछ र अन्य केही भाग्यमानी सँगै राखेर उक्त बर्गर खान दिइनेछ । सो बर्गरमा संसारकै सबैभन्दा उत्कृष्ट ३ प्रकारका मासु, युरोपको सबैभन्दा विशेष चिज तथा विशेष ससको प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?