
२३ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेका स्वकीय तेजप्रकाश भट्टराईले गाडी सुविधा फिर्ता गरेका छन् ।
संसद् सचिवालयका अनुसार उनले संसद सचिवालयले उपलब्ध गराएको गाडी सुविधा लिँदै आएका थिए । बिहीबार उनले उक्त सुविधा छाडेका हुन् ।
यसअघि नै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालका प्रमुख स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ले पनि संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरिसकेका छन् ।
कानुनमा उल्लेख नभएर र कुनै निर्णय पनि नभएर गाडी सुविधा लिएका अन्यले समेत गाडी फिर्ता गर्न थालेका हुन् ।
सभामुख र राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिवलाई गाडी सुविधा दिने कानुनी व्यवस्था छैन । तथापि, विगतदेखि लिँदै आएको भनेर उनीहरूले पनि लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4