
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले कार्यवाहक पार्टी सभापति तोक्नेबारे आजको बैठकमा कुनै छलफल नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पदाधिकारी बैठक बसेको थियो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा प्रवक्ता महतले यसबारे जानकारी गराएका हुन् ।
‘अहिले त्यो (कार्यबाहक सभापति) बारे कुनै कुरा भएको छैन, पार्टीको अधिवेशन र आगामी नीतिबारे छलफल भए,’ उनले भने ।
आजकै बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशनको एजेण्डा प्रस्तुत गरेका थिए ।
जेनजी आन्दोलनमा कुटपिटमा परेर पार्टी सभापति शेरबहादुर देउवा गम्भीर घाइते भएका थिए । उनी अहिले पनि स्वास्थ्य उपचार गराइरहेका छन् ।
यसैबीच आजको बैठक पनि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4